बुटवल-बुटवल उपमहानगरपालिकामा बिहीबार दिउसो ४ बजेसम्मको तथ्यांकअनुसार ३५ जनामा संक्रमण पुष्टि भएको छ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहका अनुसार बुटवलमा ३५ जना संक्रमित थपिएका हुन्। उनले संक्रमित कुन वडाका कति भन्ने विवरण तयार गर्दै गरेको बताए।
'हामीलाई भर्खरै मात्रै विवरण प्राप्त भएको छ, उनले भने-हामी विवरणलाई वडाअनुसार निकाल्ने तयारीमा छौं।'
उनले ३५ जनामध्ये १ जना बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका डाक्टर पनि संक्रमित रहेको जानकारी आएको बताए। उनले मुटु अस्पतालका डाक्टरको कन्ट्याक्ट ट्रेसिङ गरेर सम्पर्कमा आएकाहरुको पीसीआर गरिने बताए।
अस्पताललाई सेनेटाइज गर्न र सुरक्षित बनाउन निर्देशन दिइसकेको उनले बताए।