बुटवल-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई थुना मुक्त गर्न माग राख्दै दिएको निवेदनमाथिको बहस सकिएको छ।
स्रोतका अनुसार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा परेको पेशीमाथि बहस सकिएर आदेश लेखनको काम भइरहेको छ। बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि कारागारमा छन्।
उनले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै आफ्नो भागमा परेको बिगो जमानत दिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा साउन १९ गते निवेदन दर्ता गरेका थिए।
सुप्रिम सहकारी ठगीमा लामिछानेले आफ्नो भागको बिगोबापतको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसँगै दाखिला गरेका थिए।