तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नं. १ नयाँमिल स्थित प्यारामाउण्ट बोर्डिङ माविका विद्यार्थीहरुले सोमवार गुरु पूर्णिमाको अवसरमा शिक्षकहरुलाई सम्मान गरेका छन् । शिष्यहरुले गुरुहरुलाई विभिन्न माध्ययम र तरिकाबाट सम्मान प्रकट गर्ने गरुपूर्णिमाको अवसरमा कक्षाका १० का विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरी शिक्षकलाई सम्मान गरेका हुन् ।
विद्यार्थीहरूले विद्यालयका नर्सरीदेखि कक्षा १२ सम्मका शिक्षकहरूलाई खादा, टीका र उपहारसहित सम्मान गरेका थिए । विद्यार्थी सञ्जिता खरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्राध्यापक दामोदर भुसालले पूर्वीय संस्कृतिमा गुरुको स्थान “माता, पिता, गुरु, देव” अर्थात् देवता भन्दा पनि माथि रहेको उल्लेख गर्नुभयो । उहाँले गुरुको महत्व महाभारत, रामायण, पुराण, वेदहरुमा उल्लेख भएको बताउँदै सबैभन्दा ठुलो यो ब्रम्हाण्डमा ज्ञान हो भन्ने कुरा कसैले भुल्न नहुने बताउनु भयो ।
कार्यक्रममा जगदीश भण्डारी, एलिना पाण्डे, स्वीकार आचार्य, अपेक्षा भण्डारीले गुरुको महत्वको बारेमा मन्तव्य राख्नुभएको थियो । आस्था शर्माको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत एवं नृत्य प्रस्तुत गरेका थिए भने शिक्षकहरूबीच समेत प्रतियोगिता सञ्चालन गरेका थिए ।