बुटवल । पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका – ३ सिद्धबाबा नजिकै तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मी जिल्ला सत्यवती गाउँपालिका –७ का १८ वर्षीय अभिशेख परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ ड्राइभर टोलमा कोठाभाडामा बस्ने अभिशेख शनिबार दिउँसो पौडी खेल्न तिनाउ खोलाको ड्याममा पुग्नुभएको थियो।
पौडी खेल्नेक्रममा अचानक खोलामा वेपत्ता भएपछि उद्दारका लागि गएको प्रहरीले टोलीले फेला पारी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।