बुटवल । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार, वामीटक्सार पल्टार बजार घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान सम्पर्कविहिन भएको ५ दिनपछि फेला पर्नुभएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरबाट आइतबारदेखि प्रधान सम्पर्कविहिन हुनुभएको थियो । धर्मेन्द्र बिहिबार भैरहवा आँखा अस्पताल नजिकै फेला पर्नुभएको हो ।
ज्योतिनगर स्थित आफ्नी बहिनीका घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उहाँलाई खोजिका लागि परिवारको अपिलपछि विभिन्न सञ्चारमाध्यममा समाचार तथा प्रकाशित भएको थियो ।
सोही समाचारलाई आधारमा भैरहवामा रहेको रण अम्बिका आँखा अस्पताल नजिकै रहेको एक होटल सञ्चालककले धर्मेन्द्रलाई फेला पारेपछि परिवारलाई फोन गरी जिम्मा लगाउनुभएको थियो ।
उहाँका भाई राजेन्द्र प्रधानले फेला पार्न सहयोग गर्ने सञ्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।