बुटवल । राजश्व छलि नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्रीवितरण गर्नेलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका —९ बस्ने बर्ष २८ को नविन पन्थी र सोही ठाउँका वर्ष ३१ को मुक्तार पठानलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा नक्कली स्टिकर तथा नक्कली रक्सी बनाई बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
अम्बिका ट्रेडर्स सञ्चालक पन्थी र पठानलाई राजश्व छलि नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्री वितरण गरेको भन्ने गोप्य सुचना आधारमा पक्राउ गरिएको हो ।
प्रवक्ता अर्यालका अनुसार उनीहरुले स्थानीय फिरोज खानको घरमा कोठा भाडामा लिई राखेको अवस्थामा आन्तरिक राजश्व विभाग लेखेको स्टिकर– ५९३ वटा, सिग्नेचरको खाली बोतल– ४८ वटा, वल्ड दरवार लेखेको खाली बोतल–१६ वटा , गोल्डेन वाक लेखेको खाली बोतल नौ वटा, सिग्नेचर १८० एम.एल. को १२ बोतल बरामद गरिएको छ ।
यस्तै सिग्नेचर ३७५ एम.एल. को २ बोत्तल, गोल्डेन वक १८० एम.एल. को ४ बोतल, वल्ड दरबार रेगुलर १८० एम.एल. को ३ बोतल, वल्ड दरबार रेगुलर ३७५ एम.एल. को १ बोतल, १८० एम.एल. को एटएटफोरएट – ४१ वोतल, जारको भाडामा रहेको रक्सी जस्तो तरल पदार्थ १ लिटर बरामद गरिएको छ । बरामद खरिएको समान तथा व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागी आन्तरिक राजश्व कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।