पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल खण्डको जोरधारामा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सनाखत भएको छ ।
बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे तिर दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा रुपन्देही देबदह नगरपालिका ३ की ४० बर्षीया राधिका पौडेल रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । ३८ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको अस्पतालका प्राचार्य डाक्टर राजु प्रसाद शाक्यले जानकारी दिनुभयो । बस तिनाउ गाउँपालिका-५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो ।
--