फिदिम । घरमा आगलागी हुँदा पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपाका दुई जना बालकको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो साढे दुई बजे भएको आगलागीमा स्थानीय सरन पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका चार वर्षीय छोरा निशान खाती रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।
हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा दिँउसो कोही नभएका बेला आगो लागेको थियो । आगोले घर पूर्णरुपमा क्षति भएको खतिवडाको भनाइ छ ।