बुटवल । जितेश्वरी दुर्गा शिवपान्चायन मन्दिरमा वैदिक सनातन धर्म रक्षार्थ राष्ट्र शान्ति श्री शिवमहापुराण ज्ञान महायज्ञ २०७९ आजदेखि जितगढीमा सुरु भएको छ ।
माघ २५ गते कृष्ण तृतीया तिथिबाट शुरु भएको यो यज्ञ ११ दिनसम्म चल्नेछ । सयौं भक्तजनहरुको उपस्थितिमा कलस यात्राका साथ शिवमहापुराण ज्ञान महायज्ञ आरम्भ भएको हो ।
कथा वाचक पं प्रकाश तिवारीले कर्पुर गौरं करुणा वतारं संसार सारं भुजकेन्द्र हारम् सदावसन्तं हृदयारविन्देभवंभवानी सहितं नमामी भन्दै कथा सुरु भएको कार्यक्रममा सयांै श्रद्धालुको सहभागिता थियो ।
शिवमहापुराण ज्ञान महायज्ञमा शैव दर्शन,शिवको ज्योतिर्लिङग र त्यसको महात्म्य गाउने गरिन्छ । शिवमहापुराणमा चौबीस हजार श्लोक छन् । सात संहिता छन् । शिवमहापुराण सुनेर धर्म, अर्थ,काम, मोक्ष चार पुरुषार्थ प्राप्त हुन्छ भन्ने विश्वास छ ।
यस पुराण सुनेमा मनमा उत्पन्न हुने कामक्रोध, लोभ,मोह,मात्सर्यजस्तादुर्गुण हटेर शुद्ध र पवित्र बनिन्छ भन्ने विश्वास छ । कोरा मानिसलाई सत्मार्गमा हिंडाएर मानवबनाउने ग्रन्थ शिवपुराण हो भन्ने सबैको विश्वास हो ।
यो भावगतीय विश्वासका आधारमा ११ दिनसम्म सबै अध्यायहरु पूूरा गरिन्छ । कलश यात्रापछि आरम्भ भएको कार्यक्रममा प्रमुख अतिथि मुक्तिनाथ धामका पीठाधीश लोकानन्द स्वामी महाराजले दीप प्रज्वलन गरी यज्ञ आरम्भ गर्नुभयो ।
उहाँले शिवमहापुराण ज्ञान महायज्ञ उद्घाटन गर्दै विश्व शान्तिका लागि थालिएको यो शिवमहापुराण ज्ञान महायज्ञबाट यो पावन भूमिका जनजनहरुमा शान्तिको आभास हुने छ भन्नुभयो । सदाचारको प्रचारले समाज व्यवस्था असल हुनेछ भन्दै सबैलाई सत् मार्गमा लाग्न प्रेरणा मिलोस भन्नुभयो ।
कार्यक्रममा कथावाचक तिवारीले सनातन धर्मको पक्षमालागेर विश्व शान्तिको कामना गर्दै ११ दिनसम्मचल्ने शिव पुराणबाट यस पावनभूमिमा रहेको हाम्रा सम्पूर्ण भक्तजनहरुमालोभ, क्रोध, मोह,मात्सर्य सबै प्रवृतिहरु हटेर निवृत भई असल समाज बन्ने विशवास व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सबै वर्ग र समुदायको माझ पु¥याउन र सबैको पहुँचमा लैजानको लागिविगतका परम्परागत शैलीहरु हटाउँदै सबैलाई कलशयात्रा, पुस्तकपूजा र आरतीमा समान रुपमा सहभागी गराउनुभयो ।
महायज्ञमा छुवाछुत बर्जित गरिएको छ । महायज्ञमा लेखक ऋषि आजादले स्थानीय व्यापारी घराना बद्री बस्याल र राधा बस्यालको आमा पम्फा बस्यालको दुखद निधन भएकोमा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली अर्पण गर्नुभयो ।
उहाँले हामीले निर्गुण, निराकार परम ब्रह्मभएको हुनाले देख्न नसक्ने जनाउँदै यो अमूर्त र अदृश्य हुने बताउनुभयो ।
मानिस सृष्टि विधानअनुसार जन्मिएको हुनाले भगवानले प्रत्यक्ष फल नदिने बताउँदै वरदानस्वरुप दिएको मस्तिष्कलाई खियाएर कर्म अर्थात काम गरेर फल प्राप्त हुने धारणा राख्नुभयो ।
“जसले जति असलकर्म ग¥यो त्यति नै सुखी खुशी हुन्छौं भन्दै भाग्यमानी हुन असल कर्म गरौं भन्नुभयो । “हामीले हिन्दु सनातन धर्मको रक्षा, संरक्षण र प्रवद्र्धन गर्छौं तर राज्य हिन्दुहरुको मात्र नभई सबै धार्मिक सम्प्रदायको साझा हो भन्नुभयो ।
कार्यक्रममा श्री शिवमहापुराण ज्ञान महायज्ञ २०७९ का अध्यक्ष तारा गौडेलले समाजमा भएका विकृति विसंगतिलाई कम गर्दै असल अनुशासितर सात्विक समाज निर्माण गर्न शिवमहापुराण ज्ञान महायज्ञ सुरु गरिएको बताउनुभयो । उहााले सबै भक्तजनहरुलाई यस पवित्र धाममा आएर लाभान्वित हुन अनुरोध गर्नुभयो ।
महायज्ञमा कार्यक्रममा वाचक बाबुराम गौतम, उपवाचक लक्ष्मण देवकोटा, आचार्य वेदराज ज्ञवाली, गणेश सचिनकृष्ण खनाल रुद्री ढुन्डीराज चुँदाली पौडेल, कर्ता जमुना सुवेदी रहनुभएको छ । प्रभावकारी प्रवचन भएको हुनाले श्रोताहरुको उपस्थिति पहिलो दिनमै निकै राम्रो भएको सचिव नारायण खनालले बताउनुभयो ।