लुम्बिनी । मायादेवी प्रगतिशील आमा समूह लुम्बिनीको आयोजनामा दुई दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं १० का अध्यक्ष विनोद कंहारले महिलाहरुमा नेतृत्व क्षमता बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
मायादेवी प्रगतिशील आमा समूहका अध्यक्ष मञ्जु ढकालले लुम्बिनी क्षेत्रमा महिलाहरुको सशक्तीकरणका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं १० को सहयोगमा मधुवनीमा आयोजना गरिएको तालिममा ५५ जना महिलाको सहभागिता रहेको समूहका सचिव टिका कटेलले जानकारी दिनुभयो ।
तालिममा नेतृत्व विकास, बोल्ने कला लगायतका विषयमा सञ्चारिका समूहका अध्यक्ष निरा गौतमले प्रशिक्षण दिनुभएको थियो ।