बुटवल । कपिलवस्तुको बाणगंगामा सिलिन्डर पड्किँदा एक जनाको ज्यान गएको छ ।
बाणगंगामा सोमबारदेखि सुरु भएको चौथो माघी महोत्सवमा बेलुनमा भर्ने हाइड्रोजन ग्यास सिलिण्डर पड्किएर विस्फोट हुदाँ बाणगंगा नगरपालिका ८ सिसेनि बस्ने अन्दाजी ६५ बर्षीय नासिद अहमद पाखियाको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनाका कारण माघी महोत्सब पनि अस्तब्यस्त भएको छ । थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।