बुटवल । लुम्बिनी प्रदेश सरकारले आज आयोजना गरेको माघी महोत्सव स्थगित भएको छ । आइतबार पोखरामा भएको विमान दुर्घटनापछि संघीय सरकारले आज राष्ट्रिय शोक बिदा दिएपछि लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव स्थगित गरेको हो ।
विमान दुर्घटनाका कारण संघीय सरकारले शोक मनाउने निर्णय गरेका कारण माघी महोत्सव स्थगित भएको प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
यसअघि गत शुक्रबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सोमबार माघी महोत्सव मनाउने र प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । प्रदेश सरकार गठनसँगै २०७५ सालबाट लुम्बिनी प्रदेश सरकारले माघ २ गते माघी महोत्सव आयोजना गर्दै आएको थियो ।