दार्चुला । व्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दीपेन्द्र विष्ट शनिवार तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।
व्यास गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दीपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिनुभयो । घटना बिहीबार दिउँसोतिर भएको भए पनि शनिवार मात्र सार्वजनिक रूपमा जानकारीमा आएको हो ।
बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।