बुटवल । रुपन्देहीको सैनामैना र कञ्चनमा एक बालिका र महिलामाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सैनामैना नगरपालिका –६ मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय २५ वर्षीय मधु सोमरेलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने बहाना पारी घरमा आई जबरजस्ती गर्ने सोमरेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले आज सूचनामार्फत जानकारी गराएको छ ।
आगो ताप्ने वाहनामा घरमा आई जवरजस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगहरुमा छुने चलाउने तथा जवरजस्ती करणी गर्न खोजेको आरोपमा सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।
बालिकाको आमा विदेशमा भएको र घरका बुबा पनि काममा गएको मौका पारी आफूलाई जवरजस्ती करणी गर्न खोजेको कुरा बालीकाले छिमेकी महिलालाई बताएपछि घटना बाहिर आएको हो ।
यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिकामा सुस्त मनस्थिती भएकी महिलालाई घरमा कोही नभएको मौकापारी जवरजस्ती करणी गर्न खोज्ने एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
विहिबार साँझको समयमा शारिरीक रुपमा अपांगता भएकी र सुस्त मनस्थिती भएकी २३ वर्षीया महिलालाई करणी प्रयासको आरोपमा स्थानीय कञ्चन –३ का ३० वर्षीय राजेन्द्र अधिकारीलाई पक्राउ गरिएको प्रवक्ता अर्यालले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार घरमा गई अरु कोही नभएको मौका छोपी जवरजस्ती शौचालयमा लगी पीडित महिलाको शारिरीक र सुस्त मनस्थितीको फाईदा उठाउँदै जवरजस्ती करणी उद्योग गर्न खाजेका थिए ।अधिकारीलाई जवरजस्ती करणी कसुर उद्योग अन्तरगत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।