बुटवल । पाल्पामा शुक्रबार साझ भएको सवारी दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय रामबहादुर गुप्ताको मृत्यु भएको छ । रुपन्देही ओमसतिया १ का गुप्तासँगै मोटरसाइकलमा पछाडि सवार सोहीठाउँका ३० वर्षीय भिम बहादुर बस्याल घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
बगनाशकाली ३ आर्यभन्ञ्ज्याङमा सिर्द्धार्थ राजमार्ग अन्तरगत तानसेनबाट राम्दीतर्फ जाँदैगर्दा उनीहरु सवार लु २९ प ४३२६ नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिएको थियो । एकै दिशामा हिँडिरहेको लु १ क १७६४ नम्बरको ट्रकलाई ओभरटेक गर्नखोज्दा बिपरित दिशाबाट आएको बा ९ च ९२९९ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।