बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा आजदेखि कुस्ती प्रतियोगिता शुरु भएको छ ।
महोत्सवमा आज मात्र पाँच जोडी पहमानहरु लडेका छन् । मंसिर २३ गतेसम्म चल्ने कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी कुल २१ जना पहलमानले भाग लिएका छन् ।
यसैबीच आज चर्चित गायक गायिका खुमन अधिकारी, उज्जवल गिरी, मन्जु भट्टराई, श्रीधर अधिकारी, बिनोद विस्ट तथा सोनी डान्स ग्रुपका कलाकारले दर्शकलाई मनोरञ्जन दिएको आयोजक समिति संयोजक प्रेम जीएमले जानकारी दिनुभयो ।
तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गत विहीबारदेखि शुरु भएको मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । मंसिर २६ गतेसम्म संचालन हुने महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताउनुभयो ।