सप्तरी । मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको संस्थापक अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ ।
नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले आयोजना गरेको ११औँ साधारण सभामा सहभागी हुन जानुभएका भट्टराई लालबन्दीस्थित एक होटेलमा मृत फेला पर्नुभएको हो ।
लालबन्दी–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा रातिको खाना खाएर कोठामा पुग्नुभएका उहाँ शनिबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला पर्नुभएको हो । भट्टराईले ओछ्यानमै बान्ता गरेको तथा उहाँले खाने औषधि पनि छरपस्ट अवस्था भेटिएको प्रहरीले जनाएको छ ।