भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचना र सडक पेटिमा थुपारिएका निर्माण सामग्री हटाउन १० दिने अल्टीमेटम दिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकिय अधिकृत सुधिर पौडेलले बिज्ञप्ती मार्फत सडकमा रहेका कुनैपनि सामग्री, संरचना हटाउन अनुरोध गर्नुभएको हो ।
खास गरी बेथरी बेलवास सडक खण्डमा अनाधिकृत रुपमा निर्माण सामाग्री थुपार्ने, ट्रक ट्याक्टर पार्किङ गर्ने, पशु चौपायाहरु बाध्ने, सडकको क्षत्राधिकार मिचि ठेला तथा टंकी राख्ने कार्यले सफा, सुन्दर र व्यवस्थीत गाउँपालिका बनाउने अभियानलाई अबरोध गरेको भन्दै यसलाई हटाउन पालिकाले अनुरोध गरेको हो ।
असोज ८ गते भित्र सडक किनाराको अबरोध नहटाए कानुन बमोजिम अगाडि बढ्ने गाउँपालिकाले चेतावनी समेत दिएको छ ।