रुपन्देही । रुपन्देहीको तिलोत्तमामा भएको सडक दुर्घटनामा दिदी भाइको मृत्यु भएको छ । दुर्घटनामा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षीया समिक्षा खराल र उनका ७ वर्षीय भाइ सुग्रीम खरालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाणले जानकारी दिनुभयो ।
आज साँझ तिलोत्तमा नगरपालिका– ६ गोरकटा स्थित भित्री सडकमा लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाईकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दिपनगर बस्ने सुजन थापा, सुवास खनाल, तिलोत्तमा नगरपालिका– ३ बस्ने कमला खराल र शुद्धोधन ३ बस्ने सुरज काफ्ले घाइते भएका छन् । उनीहरुको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।