दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उल्लानीमा आज जीप दुर्घटना हुँदा १ महिलासहित ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा जाँदै गरेको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगत गाहा मगरले बताउनुभयो ।
जिप दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका–८ का उज्जलसिंह बोहरा, हिक्मत जागरी, पुने बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् ।
दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी निरीक्षक गाहा मगरले बताउनुभयो ।