रुपन्देही । सैनामैनामा चार वर्षीया बालिका बलात्कृत भएकी छन् । बुधबार राती चाउमिन खुवाउन लैजाने बहाना बनाएर उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।
बालिकालाई बलात्कार गरेको अभियोगमा सैनामैना नगरपालिका–२ सरौली बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाललाई गएराति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनापछि बालिकाको स्वास्थ्य परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको प्रहरी प्रमुख केसीले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलको जिम्मा लगाएको प्रहरी निरीक्षक जीवन लामिछानेले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।