बुटवल । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बारीबीच झडप भएपछि जिल्ला प्रशासनले कर्फ्यू लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गरी बुटवल उप–महानगरपालिका बडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण बस्ती बसाल्ने योजना बनाएकोमा विगत केही दिनदेखी सुरक्षा व्यवस्था मजबुत बनाई आएकोमा नियन्त्रण भन्दा बाहीर जाने साथै सर्वसाधारणको शान्ती सुरक्षाको लागि कर्फ्यू लगाएको बताका छन् ।
‘जिल्लाको बुटवल उप–महानगरपालिका बडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण बस्ती बसाल्ने योजना बनाएकोमा विगत केही दिनदेखी सुरक्षा व्यवस्था मजबुत बनाई आएकोमा नियन्त्रण भन्दा बाहीर जाने साथै सर्वसाधारणको शान्ती सुरक्षाको अवस्था समेत जोखिममा पर्न जानसक्ने देखीएकोले शान्ती सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन स्थानिय प्रशासन ऐन २०७८ को दफा ६ (क) को अधिकार प्रयोग गरी आज मिति २०७८ साल असोज २४ गते दिनको ४ बजे देखि अर्को सूचना जारी नभएसम्मका लागि देहायको चारकिस्ता तोकि कर्फ्यू आदेश जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी सूचित गरिएको छ ।’ – प्रमुख जिल्ला अधिकारीद्वरा जारी सूचनामा भनिएको छ ।
प्रशासनले पूर्व तिनाउ नदी बुटवल उप. म.न.पा. वडा नं. १७ निगरदेखि वडा नं. १८ सौरहिया पुल सम्म, पश्चिम हरिहरपुरको खोतियोग्य जमिन (बुटवल उपमहानगरपालिका वडा नं. १७) उत्तर –शिवनगरबस्ति बुटवल उपमहानगरपालिका वडा नं. १७ सम्म, दक्षिण बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको अमिन (धन्दापुर मौरहिया सम्म) कर्फ्यू लगाएको छ ।