ललितपुर: लगनखेलस्थित एम्स इन्टरनेसनल कलेजका शिक्षक बद्रीप्रसाद तिवारी रु ५१ हजार नगदसहित सम्मानित भएका छन् ।
कलेजद्वारा आज यहाँ आयोजित विजया दशमी–२०७८ को शुभकामना आदानप्रदान, सम्मान तथा सांस्कृतिक कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रधानाध्यापक तुकाराम ढकाल र संयोजक सुनिल महर्जनले संयुक्त रुपमा उनलाई सम्मान गरे ।
सो अवसरमा नगरप्रमुख महर्जनले निजी होस वा सामुदायिक जुनसुकै क्षेत्रमा शिक्षा छर्ने शिक्षकले आफ्नो जीवनभर गरेको कामको उचित मूल्याङ्कन हुनुपर्ने धारणा राख्दै सोही अनुरुप सम्मान गर्न पाउँदा ज्यादै खुसी महसुस भइरहेको छ भने ।
प्रधानाध्यापक ढकालले हालको समयमा शिक्षालाई परिष्कृत अनि परिमार्जन र सहभागितामूलक बनाउँदै अघि बढिरहेको धारणा राखे । उनले भने, “हामीले विद्यार्थीलाई विभिन्न क्षेत्रबाट अघि बढाउन घोकन्ते मात्रै नभएर प्रयोगात्मक शिक्षालाई पनि जोड दिइरहेका छाँै ।”
अवकाश प्राप्त शिक्षक तिवारीले आफूलाई कलेजका साथै महानगरपालिकाका पिताले १५ वर्षभन्दा बढी ‘मानव संसाधन व्यवस्थापन’ अनि ‘सङ्गठनात्मक व्यवहार’ का साथै ‘व्यवस्थापनका सिद्धान्त’ विषयमा काम गरेबापत सम्मान गर्दा ज्यादै गोरवान्वित महसुस भइरहेको बताए ।
उनले भने, “शिक्षा क्षेत्रमा सदैव सङ्घर्ष आवश्यक रहेको बताउँदै व्यवस्थापनलाई यसतर्फ थप चुस्तका साथै दुरुस्त बनाउन आग्रह गर्दछु ।” रासस