लमजुङ: लमजुङमा एक वर्षमा ९७० घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष ०७७/७८ मा साे संख्यामा उद्याेग दर्ता भएका हुन् । त्यसअघिल्लाे वर्ष ३०१ नयाँ घरेलु उद्योग दर्ता भएका थिए ।
गत आवमा ३६९ उद्योग नवीकरण गरिएका छन् ।
वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४० नयाँ दर्ता भएका छन् । ५५८ नवीकरण गरिएको घरेलु कार्यालयले जनाएको छ । आव ०७६/७७ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तोपलाल भुसालले बताए ।
उनका अनुसार जिल्लाका बेँसीशहर बजार,भोटेओडार, सोतीपसल, सुन्दरबजार, भोर्लेटारलगायतका स्थानमा पसल बढिरहेका छन् ।
दर्ता भएका उद्योगमध्ये अधिकांश सिलाइकटाई, कृषि फार्म, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, अलैँची, बंगुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।