बुटवल-रुपन्देही बुटवलको मोतीपूर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ। बुटवल १७ र १८ मा पर्ने सो क्षेत्रमा सुकुम्बासीका नाममा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको हो।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग निषेधित क्षेत्र घोषणा गरेको छ।
निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुल सम्म), पश्चिम हरिहरपुरको खोतियोग्य जमिन ९ बुटवल उपमहानगरपालिका वडा नं १७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ति बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहिया सम्म) तोकिएको छ ।
‘निषेधित क्षेत्र भित्र निषेध गरिएका क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा आम सर्वसाधारणमा सूचित गरिन्छ’–रुपन्देही प्रशासनले भनेको छ।