काठमाडौं । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
उम्लिङका २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।
गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।
मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने भनेको छ।