बुटवल । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको ज्यान गएको छ । तिलोत्तमाको शंकरनगरस्थित भित्री सडकमा बुधबार लु २२ प ५५२६ नम्बरको मोटरसाइकल दुर ्घदुटनामा परेको थियो । दुर्घटनामा परी मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका २ का १८ वर्षीय प्रबेश खरेलको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते खरेलको उपचारका क्रममा मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो ।