बझाङ: बझाङको तलकोट गाउँपालिका–३ को गैरापातलमा लाग्ने रामडी मष्टा मेला सम्पन्न भएको छ । सो मेला कृष्णपक्ष सप्तमीदेखि सुरु भएर कृष्ण जन्माष्टमीका दिनसम्म लाग्छ ।
विशेष गरेर जिल्लाभित्रकै सुवेडा, पैयाँतोलाका बम्म, सेरागाउँ, रुपातोला भाट गाउँदेखि भक्तजनहरु व्रत बसेर मेलामा गएर पूजापाठ गर्नाले आफूले मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको तलकोट–३ रुपातोलाका स्थानीयवासी भानु जोशीले बताए ।
हाल भुन्टु धामी त्यहाँका १०आैँ धामीका रुपमा रहेका छन् । रामडी मष्टालाई ऐतिहासिक तथा धार्मिक रुपमा प्रवद्र्धन गर्नका लागि मन्दिरमा घेराबार, प्रतीक्षालय र तामाको पाता राख्ने लगायतका कामहरु गरेको तलकोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले बताए । आगामी दिनमा पनि प्रचारप्रसारलगायत काम गर्ने समेत अध्यक्ष विष्टले बताए । रासस