काठमाडौँ : नेपाल पत्रकार महासङ्घ तथा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष डा महेन्द्र विष्टलाई मातृशोक परेको छ ।
दमरोगबाट पीडित उनकी ८३ वर्षीया आमा पूर्णमायाको गएराति काठमाडौँ मेडिकेयरमा उपचारका क्रममा निधन भएको हो ।
दिवङ्गत विष्टको आज उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा अन्त्येष्टि गरिएको छ । उनका पति, पाँच छोरा र एक छोरी छन् । रासस