बुुटवल- बुुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराईरहेका १० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
संक्रमणमुक्त भएका उनीहरु सबै कपिलवस्तुका बासिन्दा हुन् । दुुई साता अगाडि भर्ना भएका ती बिरामीहरूको लगातार दुुई पटक गरिएका कोरोना भाईरस परीक्षणका रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले जानकारी दिए ।
‘संक्रमण देखिएर अस्पताल भर्ना भएका सबै बिरामीलाई निको बनाएर पठाउँदा खुसी लागेको छ- उनले थपे, ‘कोरोनाबाट आत्तिनु पर्दैन, संयमता अपनाए सुरक्षित हुन सकिन्छ, संक्रमण भईहाले पनि निको हुन्छ ।' कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुुका ३६ जनाले उपचार गराइरहेका थिए ।
यस अगाडि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षिया युुवा निको भएर घर गइसकेका छन् । यसअघि शुक्रबार बाँकेको खजुुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना निको भएर घर फर्केका थिए ।
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ । शनिबार बेलुकासम्म प्रदेश ५ मा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३२ जना निको भए भने २ जनाले ज्यान गुुमाएका छन् ।