सुर्खेत -कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका जाँदै गरेको डुंगा दुर्घट्ना भएको हो।
बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ वर्षका छोरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
काठको डुंगामा १० जना सवार रहेका थिए। अरु पाँच जना सकुशल रहेका छन् भने । २ जना घाइने भएका छन्। बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो।