भरतपुर : राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले रासस भरतपुर कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । उनले मङ्गलबार कार्यालयको अवस्था र भएका कामका विषयमा जानकारी लिए ।
सो अवसरमा उनले सत्य, तथ्य र यथार्थपरक गुणस्तरीय समाचार सम्प्रेषणमा राससकर्मी लाग्नुपर्ने बताए । जिल्लाका हरेक पालिकाका खबर राससमार्फत आइरहेकाले त्यसलाई अझै प्र्रभावकारी र विश्वसनीय बनाउनुपर्ने उनकाे भनाइ थियो । महाप्रबन्धक राईले राससलाई थप परिष्कृत र परिमार्जित गरी सुदृढ बनाउँदै लैजाने बताए ।
कार्यालय प्रमुख नारायण अधिकारीले कार्यालयको भवन जीर्ण बन्दै गएकाले नयाँ भवनका लागि पहल गरिदिन आग्रह गरे । उनले रासस चितवनबाट भएका काम कारवाही र गतिविधिका विषयमा समेत जानकारी गराएका थिए ।
निरीक्षणका क्रममा राससका प्रशासन प्रमुख उत्तम सिलवाल, सह–समाचारदाता प्रकाश सिलवालको सहभागिता थियो । रासस