बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप रहेको बताएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा जवाफी संबोधन गर्दै प्रधानमन्त्री देउवाले विकासभन्दा पहिलो प्राथमिकतामा नागरिकहरुलाई खोप उपलब्ध गराउनु रहेको बताएका हुन् ।
उनले भने-'विकास पनि चाहिन्छ, तर जवन झनै चाहिन्छ । अहिलेको सरकारको प्राथमिकता जनताको ज्यान जोगाउने नै हो ।'
उनले सरकारको यो प्राथमिकता प्राप्ती गर्नका लागि सबैलाई सहयोगको आह्वान गरे ।