बुटवल । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले 'श्रीमान् ५' ले जसरी अदालतकाा न्यायाधीशले प्रधानमन्त्री नियुक्त गरिएको बताएका छन् ।
‘२०६१मा राजा ज्ञानेन्द्रले माननीय देउवाजीलाई प्रधानमन्त्री नियुक्त गर्नुभयो। अनि देउवाजीले त्यो बेला भन्नुभएको थियो– श्री ५ सरकारबाट मलाई न्याय भयो,’ उनले भने, ‘अहिले फेरि उहाँ पाँच जना श्रीमानहरूको आदेशबाट प्रधानमन्त्री हुनुभएको छ। पहिला श्री ५ र अहिले श्रीमान् ५ ।’
संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि छलफलमा बोल्दै उनले २०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका शेरबहादुर देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री भएको बताएका हुन् ।