काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
जसपाका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री देउवालाई आफ्नो समूहले पनि विश्वासको मत दिने निर्णय गरेको बताएका छन् ।
महन्थ पक्षले पनि मत दिने भएपछि देउवाले एमाले सांसदको मतविनै विश्वासको मत पाउने पक्का भएको छ ।