बुटवल । लुम्बिनी प्रदेश सभाबाट सत्ता पक्षका संसद बाहिरिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
केहीबेरअघि लुम्बिनी प्रदेशको प्रदेश सभा बैठकबाट सत्तापक्ष बाहिरिएका थिए । अहिले सदन आधा घण्टाका लागि रोकिएको छ ।
आजको कार्यसूचि अनुसार प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सदन रोकिएको हो । यसअघि बैठकमा बजेटका छलफलका क्रममा उठेका प्रश्नहरुको मन्त्रीहरुले उत्तर दिएका थिए । मुख्यमन्त्री पोखरेलको जवाफी सम्बोधनपछि सत्तापक्षका सांसद बैठक छाडेर बाहिरिएका हुन् ।
लगत्तै प्रदेश सभामा ठूलो संख्यामा प्रहरी परिचालित भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दै विपक्षी गठबन्धन नेकपा ९माओवादी केन्द्र्, नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।