काठमाडौं : संघीय सरकारको मन्त्रिपरिषद बैठकले साउन ३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको छ। बिहीबार सिहंदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद अधिवेसन बोलाउन सिफारिस गरेको हो ।
यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो । सोहीअनुसार बिहीबारको बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।