बुटवल । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा सहभागि हुन पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना दिइएको छ ।
सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ ।
प्रतिनिधि सभा बैठकको पूर्व तयारीस्वरुप ओलीले बैठक डाकेका हुन् ।