बुटवल । लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/८९ को बजेट पारित गर्न आज प्रदेश सभामा निर्णयार्थ पेश हुँदैछ ।
आज बस्ने प्रदेश सभाको यसअघि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूको मन्त्रीहरूले जवाफ दिएलगत्तै बजेट निर्णयार्थ प्रस्तुत हुने छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको विपक्षी गठबन्धन बजेट पारित नगर्ने रणनीतिमा रहेको छ । प्रदेश सरकार हाल अल्पमतमा रहेको र अल्पमतको सरकारले ल्याएको वजेट पनि अवैधानिक हुने भन्दै विपक्षी गठबन्धले मुख्यमन्त्री पोखरेलले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने या राजिनामा दिनुपर्ने माग राख्दै आएका छन् ।
सत्तारूढ दल नेकपा एमालेका ३८ जना,नेपाली कांग्रेसका १९,नेकपा माओवादी केन्द्रका सभामुख सहित १९ जना,जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरि हाल ८३ सदस्यीय प्रदेश सभामा जसपाका ३ जना सत्तापक्षमा र ३ जना विपक्षी गठवन्धनमा लागेकाले सभामुख बाहेक सत्ता पक्ष र विपक्षी गठवन्धनको बराबर रहेको छ । यस्तो अवस्थामा बजेट पास गर्नका लागि सभामुखको मत निर्णायक हुनसक्छ ।