बुटवल । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधामन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई आत्मालोचनाको कुनै ठाउँ नै नरहेको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको बताउँदै ओलीले ‘अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव’ नभएको बताएका हुन् ।
बालुवाटारबाट नीजि निवास बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’