काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण नगर्ने भएका हुन्।
आज दिउँसो राष्ट्रपतिले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख नभई सर्वोच्च अदालतको परमादेश अनुसार भन्ने उल्लेख भएको थियो । मंगलबार साँझ ६ बजे शपथको तयारी भए पनि देउवा राष्ट्रपति कार्यालय पुगेका छैनन् । उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान राखेका छन् ।