काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँड मन्त्री बन्ने भएका छन् । मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् ।
प्रधानमन्त्रीसँगै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँडले गृहमन्त्रीको रुपमा सपथ लिदैं छन् ।
त्यस्तै माओवादीले पम्फा भुसाल र जनार्दन शर्मालाई सरकारमा पठाउने भएको छ ।