काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले तत्कालका लागि दुई नेतालाई मन्त्रिमण्डलमा पठाउने भएको हो ।
प्रधानमन्त्री देउवाले आज साँझ सपथ ग्रहण गर्ने कार्यक्रम छ। देउवाले आज सानो आकारमा मन्त्रिमण्डल बनाउन लागेका छन्। उनीहरूले देउवासँगै मन्त्रीको सपथ लिने तयारी भइरहेको स्रोतको दाबी छ। उनीहरूले कुन मन्त्रालय लिने भन्ने टुंगिएको छैन। स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई उर्जा मन्त्रालय दिने तयारी छ।