बुटवल । नेकपा (एमाले) का स्थायी समिती सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशबाट अस्वीकृत भएको नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल 'रहस्यमय' भएको बताएका छन् । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट पोखरेलले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन्।
पोखरेलले लेखेका छन् ,‘जनादेशबाट अस्वीकृत नेकालाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमश पटाक्षेप हुँदै जानेछ। किनकि नाटक अझै सकिएको छैन।’