काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले सोमबार राष्ट्रपति कार्यालयको नाममा जारी गरेको परमादेश अनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
साँझ ६ बजे सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।