गुल्मी । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना र शेरबाहदुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थित युवा संघले गुल्मीमा विरोध प्रदर्शन गरेको छ ।
सोमबार फैसला आएको केहीबेरमा नेकपा(एमाले)का नेता महेश बस्नेतले देशभरबाट आन्दोलनका लागि उठ्न आह्वान गरेका थिए । उनले फेसबुकमार्फत् तुरून्तै भेला भएर प्रदर्शन गर्न निर्देशन दिएका थिए ।
त्यसको केहीबेरमा कार्यकर्ताहरू काठमाडौं लगायत देशका केही स्थानमा विरोध प्रदर्शन गरेका छन् । गुल्मीको तम्घासमा भेला भएका केही कार्यकर्ताहरुले ‘गैर संवैधानिक परमादेश खारेज गर’ भन्दै प्रदर्शमा उत्रिएका छन् ।