बुटवल । सर्वोच्च अदालतले प्रधानमन्त्रीद्वारा विघटित प्रतिनिधि सभा पुनस्थापना गर्ने आदेश जारी गरेसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिदैं उनले अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुग्ने बताएका छन् ।
आदेशले ‘सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुष्चक्र वेहोर्नु पर्ने’ दावी उनले गरेका छन् ।
उनले लेखेका छन्–‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात, सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपालीजनले अस्थिरताको दुष्चक्र बेहोर्नु पर्नेभो ।’