गुल्मी- गुल्मीको रेसुंगा नगरपालिका १४ पराल्मीका एक पुरुष मृत फेला परेका छन् । शनिबार बिहान घाँस काट्न हिडेका ४५ बर्षीय तुल बहादुर विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए।
विक शनिबार साँझ गुल्मी दरवार गाउँपालिका १ को बलिथुममा मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। विकको छातीमा दाग भएकाले भरुवा बन्दुकको छर्राले लागेको हुन सक्ने अनुमान गरिएको पाण्डेयले बताए। घटनाको मुचुल्कासहित शब पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घासमा भर्खर ल्याइएको प्रहरीले जनाएको छ।