लुम्बिनी । राष्ट्रियसभाअन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीका पछिल्ला गतिविधि र सम्पदा क्षेत्र स्थालगत अवलोकन गरी गुरूयोजनाबारे जानकारी लिएको छ ।
समितिका सभापति र सदस्यहरूले लुम्बिनी गुरुयोजनाअन्तर्गत योजनाहरूको कार्यान्वयन, तिलौराकोट विश्वसम्पदा सूचिमा सूचिकरण र बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा जानकारी लिएका हुन् । कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजनाको प्रगति, कपिलवस्तु विश्वसम्पदा सूचीमा सूचिकरणका लागि अन्तिम मनोनयन दस्तावेज पेश गरिएको लगायत विषयमा समितिलाई जानकारी गराउनुभएको थियो ।
त्यसअवसरमा विधायन समितिका सभापती मायाप्रसाद शर्माले अध्ययनले महत्वपूर्ण दस्तावेज, अभिलेख र ऐतिहासिक एम्ं पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्ध निकायहरूको व्यवस्थापन सम्बन्धमा आवश्यक नीतिगत विषयहरूमा संसदीय भूमिका निर्वाह गर्नु सघाउ पुग्ने बताउनुभयो ।
छलफलमा विधायन समितिका सदस्यहरू एवम् राष्ट्रियसभा सदस्यहरू गोपाल भट्टराई, गोमादेवी तिमल्सिना, युवराज शर्मा, रेणु चन्द, सुमिज्ञा बिसी र समिति सचिव कमला शाक्यको उपस्थिति रहको थियो ।
समितिको टोलीले शुक्रबारनै बुद्धजन्मस्थल लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा, कुदानलगायतका क्षेत्रको भ्रमण गरेको थियो ।