दाङ–८४ बर्षिया हजुर आमाको हत्या गरेको अभियोगमा २८ बर्षिय नाती पक्राउ परेका छन् ।
गढवा गाउँपालिका–१ चिसापानी निवासी २८ वर्षीय जीवन घर्तीलाई आफ्नै हजुर आमा ८४ वर्षीया केशरी घर्तीको हत्या गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको हो । दाउराको चिर्पट प्रहार गरी हजुर आमाको हत्या गरेको अभियोग लागेको छ ।
घरमा सुतीरहेको अवस्थामा जीवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई एक्कासी चिर्पटले टाउँकोमा प्रहार गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय मेडिकलमा र गम्भीर घाइते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।